नेपालका कुल संक्रमितको १४ प्रतिशत बागमती प्रदेशमा

छहारी संवाददाता
भदौ ८, २०७७

अहिले नेपालका कुल कोरोना संक्रमित मध्ये १४ दशमलब २२ प्रतिशत बागमती प्रदेशमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना नाघ्दा बागमती प्रदेशमा भने ४ हजार ५ सय ४२ जना संक्रमित फेला परेका छन् ।

बागमती प्रदेशमा पछिल्लो दुई साता संक्रमितको संख्या बढेर गएको हो । प्रदेशका १३ जिल्ला मध्य सबै भन्दा धरै संक्रमित काठमाण्डौंमा देखिएका छन् । धेरैजसो संक्रमितहरु सरकारी आइसोलेसनमै रहेपनि केहि स्रक्रमितहरु ठाउँ अभाव तथा विभिन्न कारणले होम होम आइसोलेनमा बसीरहेका छन् ।

होम आइसोलेसनमा रहेका संक्रमितले पूर्ण नियम पालना नगर्दा यसको संक्रमण समुदाय स्तरमा पुग्न थालेको र संक्रमणको दर पछिल्लो समय ह्वात्तै बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशमा नै कोरोनाका कारण ३१ जनाको ज्यान गइसकेको छ भने ४ हजार ५ सय ४२ जनामा संक्रमण देखा परेको छ ।

हिजो एकै दिन २२१ जना संक्रमित देखिएका छन् । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित छन् । डाक्टर सेढाईका अनुसार प्रदेशमा ७ सय ६६ जना कोरोना संक्रमित उपचार पछी घर फर्किएका छन् । पछिल्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले बढाएसंगै कोरोना संक्रमित पनि बढेको देखिएको हुन सक्ने सेढाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*