कोरोनाको जोखिम झनै बढेपछि मकवानपुरमा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा थप

छहारी संवाददाता
भदौ ८, २०७७

कोरोनाको जोखिम झनै बढेपछि मकवानपुरमा जारी निषेधाज्ञा आगामी भदौ १५ गतेसम्म थप भएको छ ।

आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । साउन २६ गतेबाट सुरु भएको निषेधज्ञा भदौ ९ सम्म कायम थियो । निषेधाज्ञा हेटौँडाका सबै वडा तथा मनहरी गाउँपालिका र राजमार्ग क्षेत्रहरुमा यथावत छ ।

यसैबीच मकवानपुरका बैंक तथा वित्तिय सस्था पनि भदौ १५ गतेसम्म बन्द हुने भएका छन् । छिमेकी जिल्ला बारा र पर्सामा बैंक तथा वित्तिय सस्था बन्द रहेकोले कारोबारको लागि आउनेहरुको चाप बढनसक्ने भन्दै हेटौँडामा पनि बन्द गर्ने निर्णय गरिएको बताइएको छ । यो कदमले केहि हदसम्म भएपनि कोरोना संक्रमण फैलनबाट जोगाएन सकिने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*