कोरोना अपडेटः ५ जनामा संक्रमण देखिएपछि हेटौंडा–३ लेवट क्षेत्र सिल
५ जनामा कोरोना संक्रमण देखिएपछि हेटौंडा–३ लेवट क्षेत्र सिल गरिएको छ । कोरोना रोकथाम तथा न्युनिकरण समितिको आज बसेको बैठकले भदौ ७ गते राति १२ बजेदेखि १३ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर बढेपछि लेबट क्षेत्र उच्च जोखिममा परेको भन्दै उक्त बैठकले एक सातासम्म सिल गरिएको वडा अध्यक्ष रामकुमार पुडासैनिले बताएका छन् हेटौंडा न्युजले लेखेको छ ।
हेटौंडा–३ साविक बसामाडी–३ लेवट क्षेत्र अन्र्तगतका दक्षिणकाली, लेवट, बालउज्वल, मोरङधाप, खाडिदमार, जम्बु चौतरा, बौराटार टोल विकास संस्थाको क्षेत्राधिकारभित्रको महेन्द्र राजमार्ग आसपास र भित्री भागका स्वास्थ्य सेवा प्रदान गर्ने र कुटानी पिसानी बाहेकका सबै पसल तथा व्यवसाय खोल्न, मर्निङ वाक तथा घरबाहिर हिडडुल गर्न निषेध गरिएको जनाइएको छ ।