मकवानपुरमा कोरोना संक्रमण बढ्दै जाँदा रगतको अभाव

छहारी संवाददाता
भदौ ७, २०७७

मकवानपुरमा पनि कोरोना संक्रमण बढ्दै गएपछी रगतको अभाव हुन थालेको छ । साउनको अन्तिम साता देखि मकवानपुरमा स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गर्यो । जसका कारण रक्तदानका कार्यक्रम हुन सकेन र रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभयो ।

रेडक्रसको ब्लड बैकमानै आएर रक्तदान गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल उहाँले बताउनुभयो । रेडक्रस हेटौंडाको रक्तसञ्चार केन्द्रमा वि पोजेटिभ रगत १६ पोका मात्र रहेको र कुनै विरामीले रगत चाहियो भनिहालेको अवस्थामा रक्तदाताहरुलाई टेलिफाने मार्फत बोलाएर रगत दिने गरिएको मन्त्री सापकोटोले बताउनुभयो ।

रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न समस्या हुने भएको छ । हेटौंडामा बिरामीले रगत पाउने समस्या भइहाले पनि अहिले रगतको पर्याप्त मौजदात नरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*