कोरोना अपडेटः हेटौडाकी एक ६५ वर्षीय संक्रमित महिलाको मृत्यु
मकवानपुरमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हेटौंडा उपमहानरपालिका ३ की ६५ वर्षीय महिलाको उपचारको क्रममा शनिवार साँझ मृत्यु भएको हो ।
योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । कलेजो सम्बन्धी उपचारका लागि ती महिला गत साउन ३२ गते चितवन मेडिकल कजेल भर्ना भएकी थिईन् । शनिबार साँझ ७ बजेर २६ मिनेटमा उनको ज्यान गएको भरतपुर अस्पतालले जनाएको छ ।
यसअघि कोरोनाका कारण हेटौंडा १, ४ र १९ मा एकरएक जना ज्यान गइसकेको छ । उनिहरु सबैको मृत्यु पछि कोमात्रै कोरोना भएको पुष्टि भएको थियो । सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि शनिवार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।