कोरोना अपडेटः बागमती प्रदेशमा संक्रमित ४ हजार नाघे, २९ जनाको मृत्यु, ७३४ डिस्चार्ज
बागमती प्रदेशमा दिनहुँ कोरोना संक्रमित थपीदै गएका छन् । कोरोनाको संक्रमणका कारण यस प्रदेशमा २९ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा २ सय ५० जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ।
पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा ४ हजार ३४ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् ।
]बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन्, जनपत्रले लेखेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा २९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा ७ सय ३४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोना संक्रमितको सख्या ३० हजार ४ सय ८३ जना नाघ्दा बागमती प्रदेशमा भने ४ हजार ३४ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले बताउनुभयो ।