हेटौँडाका २८ सहित मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि
मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौ्ंडाको. किटजनय रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा थप ३० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये हेटौँडा उपमहानगरपालिकाका २८ जना र २ जना थाहा नगरपालिकाको रहेको जनाइएको छ, हेटौंडा न्युजले लेखेको छ ।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक मा.विमा रहेको आइसोलेसनले दिएको जानकारी अनुसार हेटौंडा–१ का ५ जना, हेटौंडा–२ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का २ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ६ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–१० का २ जना हेटौंडा–१ का १ जना, हेटौंडा–१५ का १ जना र थाहा नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा–१ का २६, ४५, ४७ वर्षीय पुरुष, २२, ४९ वर्षीया महिला, हेटौंडा–२ का ४८, ६८ वर्षीय पुरुष, ५३, ७० वर्षीया महिला, हेटौंडा–४ का २९, ३७ वर्षीय पुरुष (हाल हेटौंडा बस्दै आएका), ४४, ८२ वर्षीया महिला, हेटौंडा–५ का ५५, ५८ वर्षीय पुरुष, हेटौंडा–६ की ३८ वर्षीय महिला, हेटौंडा–७ का ३२ वर्षीय पुरुष, हेटौंडा–९ का ५१ वर्षीय पुरुष, हेटौंडा–१० का ४०, ५५ वर्षीय पुरुष, हेटौंडा–१४ की २६ वर्षीया महिला, हेटौंडा–१५ का २६ वर्षीय पुरुष र थाहा नगरपालिका–१० का २ ३० र ४१ वर्षीय दुई जनामा संक्रमण देखिएको छ ।
संक्रमितको स्वाबको नमुना गत साउन ३२ गते संकलन गरीएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार हाल सम्म कोरोना परिक्षण्का लागि स्वाब संकलन गरीएका ७ सय ११ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जस्मा ७६ जना कर्मचारी रहेका छन् ।