कोरोना अपडेट: मकवानपुरमा थप २३ जनामा संक्रमण पुष्टि
मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको किट जन्य रोत अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २० जना र भिमफेदी गाँउपालिकाका ३ जना रहेका छन् ।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक मा.विमा रहेको आइसोलेसनले दिएको जानकारी अनुसार हेटौंडा–१ का ४ जना, हेटौंडा–३ का ३ जना, हेटौंडा–४ का ७ जना, हेटौंडा–५ का २ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का २ जना, हेटौंडा–१० का १ जना र भिमफेदीका ३ जनामा कोरोना संक्रमण देखिएको हो, हेटौंडा न्युजमा खबर छ ।
त्यस्तै भिमफेदी गाँउपालिका–१ का एक जना, ९ का १ जना गरि ३ जनामा संक्रमण देखिएको छ ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा–१ का ६१ वर्षीय पुरुष, १७ वर्षीय पुरुष, २३ वर्षीय पुरुष र ३८ वर्षीय पुरुष, हेटौंडा–३ का ३६ वर्षीय पुरुष, २३ वर्षीय पुरुष र ७० वर्षीया महिला, हेटौंडा–४ का ३५ वर्षीय पुरुष, १९ वर्षीया महिला, ३२ वर्षीय पुरुष, ४० वर्षीया महिला, १८ वर्षीया महिला, ७ वर्षीय बालक, ५७ वर्षीया महिला, हेटौंडा–५ का ४९ वर्षीया महिला र ६१ वर्षीय पुरुष, हेटौंडा–७ का ५० वर्षीय पुरुष, हेटौंडा–९ का ३८ वर्षीय पुरुष र ५० वर्षीय पुरुष, हेटौंडा–१० का ६२ वर्षीय पुरुष, भिमफेदी गाँउपालिकाका २६ वर्षीय पुरुष र २७ वर्षीय दुई जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएकाहरुको गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो ।
त्यस्तै कर्रा आईसोलेसनबाट ९ जना डिस्चार्ज हुने जनाईएको छ । यो सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको छ ।