हेटौंडाको गौरिटार आइसोलेसमा संक्रमितलाई अभद्र व्यवहार (प्रत्यक्षदर्शी पत्रकारको भनाईसहित)
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ मा स्थापना गरेको कोरोना आइसोलेसनमा कार्यरत केहि स्वास्थ्यकर्मीले संक्रमितहरुलाई अभद्र व्यवहार गरेको पाईएको छ ।
साउन ३१ गते हिजोबाट सञ्चालनमा आएको आइसोलेसन वार्डमा कार्यरत महिला स्वास्थ्यकर्मीले त्यहा रहेको महिला संक्रमितलाई अभद्र व्यवहार गरेको पाइएको छ । आइसोलेसन वार्डको विषयमा समाचार संकलनको लागि पुगेका पत्रकारकै अगाडी अभद्र व्यवहार भएपछि घटना सार्वजनिक भएको हो ।
के भएको थियो घटना, प्रत्यक्षदर्शी पत्रकारको भनाई जस्ताको त्यस्तै
म आज बिहान स्वाब परिक्षणको लागि हेटौंडामा रहेको कोरोना आइसोलेसन कर्रामा पुगेको थिए । म संगै हिडने गरेको साथि संक्रमित भएपछि म पनि स्वाब दिनको लागि कर्रा पुगेको हुँ । कर्रामा पुगेपछि मैले मेरो साथीलाई भेटन मन गरे तर उनी गौरिटार रहिछिन । त्यसपछि म गौरिटार पुगे । सुरुमा प्रवेश गर्न दिईएन, अनि मैले म पत्रकार रहेको र समाचार संकलनको लागि आएको भन्ने जवाफ दिएपछि बल्ल प्रवेश पाएँ ।
प्रवेश पाउनसाथ त्यहा एकजना करिब ३५/४० वर्षकी महिलाले बहिनी साबुन देउ न भनेर माग्नुभयो । त्यसपछि ति महिला स्वास्थ्यकर्मीले झर्कदै सिस्टर भनेर बोलाउन आउदैन ? बहिनी भन्ने भए उपचार गराउन न आए हुन्छ अलि अलि खान पाइरहेको छौ त्यो पनि नपाउला फेरि, भनेपछि मलाई निकै नरमाईलो लाग्यो । अनि मैले किन र बहिनी भन्न नहुने हो र भनेर प्रश्न गरे । त्यसपछि मलाई त्यहा सेना लगाएर निकाल्ने प्रयास भयो तर म पत्रकार भएको जानकारी दिएपछि सेनाले केहि गरेनन् ।
त्यहि एकजना दिदिले साबुन माग्दा टाउकोमा लाग्ने गरि दिईयो । एउटा आइसोलेसनमा एउटा संक्रमित माथि यस्तो व्यवहार हुन्छ भने उनीहरुको मानसिकता कस्तो होला मलाई ज्यादै नराम्रो लागेको छ । साभारः खबरब्रेक डटकम