हेटौंडा र मनहरी क्षेत्रमा ९ गतेसम्म निषेधाज्ञा थप

छहारी संवाददाता
साउन ३२, २०७७

मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ गते देखि ९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

आजसम्म हेटौंडा र मनहरीका राजमार्ग क्षेत्रमा निषेधाज्ञा कायमै छ । अव पनि नौ गते सम्मका लागि थप्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

निषेधाज्ञामा अहिलेको भन्दा थप कडाई गरिने भएको छ । अहिले पनि बिहान नौ वजे सम्म पसल खुलेका कारण भिड वढेको भन्दै थप कडाइ गरिने भएको हो । भदौ ९ गतेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका क्षेत्रमा पर्ने राजमार्ग सडकखण्डको दुबैतर्फ साउन २६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा भदौ ९ गतेसम्म जारी रहने गरी निर्णय भएको प्रजिअ नेपालले वताउनुभयो ।

मकवानपुरमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ जसो बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवा बाहेक अन्य कुराहरुलाई निषेध गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेको हो । मकवानपुरमा पछील्ला दिनहरुमा कोरोना संक्रमितको संख्या वढ्दै गएको छ । हेटौंडाका खाद्यान्न, तरकारी, फलफुल लगायतका पसल भने बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ । अत्यावस्यक औषधि पसलहरु भ्ने दिनैभरी पहिलेकै जसरी खोल्न पाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*