मकवानपुरमा कोरोना भाइरस संक्रमितको सख्या १ सय ६७ पुग्यो
मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या एक सय ६७ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या एक सय ६७ जना पुगेको हो । यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो ।
दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । हिजो एकै दिनमा मकवानपुर जिल्लामा २० जना कोरोना संक्रमित पुष्टि भएपछी सख्या एक सय ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए।
मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा एक सय ६७ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।
पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।