सिन्धुपाल्चोकका पहिरो प्रभावित बासिन्दालाई रोजगारीको व्यवस्थासहित स्थानान्तरण गरिन्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
साउन ३१, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई मागअनुसार बस्ती स्थानान्तरण गरीने बताउनु भएको छ ।

राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदि पुग्नु भएका मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकका बस्तीहरु मानिसको बसोबास गर्न नमिल्ने असुरक्षित रहेकोले सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडि बढाईने मुख्यमन्त्री पौडेलको भनाई छ । उहाँले भन्नुभयो– ‘हामी स्थानान्तरण मात्र हैन, जिबिकोपार्जनका लागि रोजगारीको व्यवस्था सहित स्थानान्तरण गर्छौं ।’

स्थानियहरुलाई परेको विपत्तिमा उचित व्यवस्थापन गर्नु सरकारको दायित्व रहेको भन्दै उहाँले केहि समय भित्रै समग्र सिन्धुपाल्चोकका समस्या हल गर्न सदरमुकाम चौतारामा वृहत छलफलको आयोजना गर्ने र त्यस क्षेत्रका सरोकारवालाहरुसंग गम्भिर छलफल गरी निकास निकाल्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलसंगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामासहितको टोलीलाई सो क्षेत्रको अवस्थाका बारेमा प्रदेश सभा सांसद एबम् बागमती प्रदेशका अर्थ बिकास समिति सभापति सुरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले सो क्षेत्रको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

पहिरो प्रभावित क्षेत्र लिदीमा अहिले सय ७२ घर धुरी रहेका छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हाल सम्म १६ जनाको शब फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*