कोरोना अपडेटः मकवानपुरमा आज मात्रै ५२ जनामा संक्रमण पुष्टि, साँझ १५ जना थपिए
मकवानपुरमा आज मात्रै ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपीएका संक्रिमित मध्य सबै भन्दा धेरै हेटौंडाका रहेका छन् । आज बिहान ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा साँझ १५ जना संक्रमित थपीएको हेटौडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज साँझ हेटौंडा २ की २३ वर्षिय महिला, २३ वर्षका पुरुष, हेटौंडा १० का ४७ वर्षिय पुरुष, हेटौंडा ४ का ४० वर्षका पुरुष, ३५ ववर्षकी महिला, हेटौंडा ६ का ५० र ६८ ववर्षका महिला र ६८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको चौलागाईले बताउनुभयो ।
यस्तै हेटौंडा ९ का ३४ वर्षिय पुरुष, हेटौंडा ७ का ३७ र ५६ वर्षिय पुरुष, हेटौंडा ८ की २३ वर्षिय महिला, मकवानपुर गढी ३ का २३ वर्षका पुरुष र ५१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सप्तरी जिल्ला घरभइ हाल हेटौंडामा कार्यरत एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १ जना, १० का १ जना र १३ का १ जना गरि नगरमा १८ जना रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यस्तै आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिकामा ३ जना, थाहा नगरपालिका २ जना, बकैया गाउँपालिका २ जना, चितवन ठेगाना भएका १ जना, काठमाडौ ठेगाना भएका १ जना र १० जना प्रहरी गरि १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताउनुभयो । चितवन र काठमाण्डौ घर भएपनि कामको शिलशिलामा मकवानपुरमा बस्दै आएका दुइ जनालाई पनि कोरोना संक्रमण देखिएको हो ।