कोरोना अपडेटः फ्रान्समा सङ्क्रमित फेरि बढ्न थाले
फ्रान्समा कोरोना सङ्क्रमित बिरामीहरुको चाप अस्पतालमा फेरि बढ्न थालेको छ । समाचार संस्था रोयटर्सका अनुसार फ्रान्समा लकडाउन हटाइपछि कोरोना सङ्क्रमित बिरामीको चाप अस्पतालमा फेरि बढ्न थालेको हो ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल ५ हजार ४५ भन्दा बढी कोरोना सङ्क्रमित बिरामी अस्पतालहरुमा उपचाररत छन् । जसमा ३ सय ९६ जना आईसीयूमा भर्ना भएका छन् । अप्रिलको मध्यदेखि फ्रान्समा कोरोना सङ्क्रमणको दरमा कमी आएपछि सरकारले लकडाउन हटाएको थियो ।