कोरोना अपडेटः ब्राजिलमा सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।
ब्राजिल सरकारका अनुसार हालसम्म त्यहाँ ३० लाख ५७ हजार ४ सय ७० भन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिल अमेरिकापछिको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो ।
जहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण एक लाख एक हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना सङ्क्रमित हुनुहुन्छ ।