पाकिस्तानमा शैक्षिक संस्थाहरु संचालन

छहारी संवाददाता
साउन २७, २०७७

पाकिस्तानमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको शैक्षिक संस्थाहरु सुचारु भएको छ ।

पाकिस्तान सरकारका अनुसार शैक्षिक संस्थाका साथै विवाह, किनमेल केन्द्र र सिनेमा हल बाहेक मनोरञ्जनका सबै क्षेत्र खुला गरिएको छ । यस्तै विभिन्न आर्थिक कारोबार पनि खुलेको छ । तर, सरकारले संस्थानहरुका लागि कुनैपनि मापदण्ड बनाइएको छैन ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना सङ्क्रमणको दर नियन्त्रणमा आइसकेको भन्दै अब सबै सामान्य हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*