कोरोना अपडेटः मकवानपुरमा थप १३ जनामा संक्रमण पुष्टि
मकवानपुरमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज साँझ प्राप्त रिपोर्ट अनुसार ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण हुनेमा अधिकांश हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
४६ जनामा गरिएको परिक्षणको क्रममा १३ जनमा कोरोना पोजेटिभ देखिएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो ।