आयुर्वेद प्रति जनविश्वास बढ्दो

छहारी संवाददाता
साउन २५, २०७७

मकवानपुरको एकमात्र नारायणी अंचल आयुर्वेद औषधालयले पछिल्लो समय जनविश्वास जित्दै सेवाहरु समेत थप गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा औषधालयबाट सेवा लिने सात हजार सात सय ८० जना बिरामी रहेकामा गत वर्ष ०७६/०७७ मा १० हजार सात सय ८० जनाले सेवा लिएका छन् ।

विगतमा सामान्य उपचार मात्र हुने उक्त औषधालयमा हाल प्याथोलोजि सेवा, पञ्चकर्म, पुर्वकर्म, फिजियोथेरापी र क्षारसुत्र सेवा थपियसंगै जनविश्वास वढेको औषधालयका सुचना अधिकारी वरिष्ठ कविराज निरिक्षक बैकुष्ठ आचार्यले बताउनुभयो ।

औषधालयको गत फागुनमा सेवा विस्तार भएसंगै ५४१ जनाले पञ्चकर्म, दैनिक योगा प्रशपक्षण लिने १८३ जना, गाउघर क्लिनिक सेवा लिने १०४ जना, फिजियोथेरापी ८७ जना, २२३ जनाले ल्याव सेवा लिएको तथ्याङ्क रहेको छ ।

औषधालयले कोरोना भाईरसको संक्रमणको समयमा समेत निरन्तर रुपमा जिलणलाका विभिन्न क्वारेनेटाईनमा योगा प्रशिक्षण, मानसिक व्यवस्थापन कार्यक्रम तथा आन्तरिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्दि गर्न २८३ जनालाई आयुर्वेदिक औषधी समेत वितरण गरेको आचार्यले जानकारी दिनुभयो ।

लकडाउनको समयमा समेत औषधालयवाट २ हजार जनाले सेवा लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*