थारूहट/थारूवानद्वारा देशव्यापी आन्दोलन घोषणा,थारूहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध

छहारी संवाददाता
साउन २४, २०७७

सांसद रेशम चौधरीसहित टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै मोर्चाले थरूहट/थारूवानसहितका राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी सशक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त विज्ञप्ति जारी गर्दै मोर्चाहरूले सांसद चौधरीसहितका ११ जनाको ससम्मान रिहाइ नगरिए थारूवान् र खस क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिस्कार गरिने थरूहट/थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले बताए।

उनका अनुसार २५ साउनमा प्रदेश सरकारलाई ज्ञापन बझाउने, २ भदौमा मावन अधिकार तथा नागरिक अगुवाहरूसँग छलफल गर्ने, ७ गते विरोधसभा, ८ गते टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रूपमा मनाउने, ३ असोजमा देशव्यापी संविधानका धारा जलाउने र माग पूरा नभए दशैँ तिहारमा आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउने छ।

८ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ । टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलगायत अन्य १० जनालाई ३ महिनाभित्र स–सम्मान रिहाइ गर्नुपर्ने मोर्चा माग राखेको छ ।

यस्तै, उनीहरूलाई रिहाई नगरिए प्रधानमन्त्री, वर्तमान सरकारका मन्त्रीहरू र उनीनिकट सासंदहरूलाई थारूहट क्षेत्रमा प्रवेश निषेध र सामाजिक बहिष्कार गर्ने मोर्चाले जनाएको छ ।

आन्दोलनमा नेपाल आदविासी जनजाति महासंघ प्रदेश समन्वय परिषद्, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति, उत्पीडित समन्वय मञ्च कैलाली, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत ऐक्यबद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*