अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष ललितलाई तत्काल रिहा गर्न माग
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला समिती मकवानपुरले पक्राउ परेका आफ्ना जिल्ला उपाध्यक्षको विना सर्त रिहाइको माग गरेको छ ।
जिल्ला अध्यक्ष अनिलले आज विज्ञप्ती जारी गर्दै हिजो साँझ मकवानपुर मनहरी गाउँपालिका ३ डोठे शुकौरा स्थित आफ्नै निवासमा बसीरहेको बेला सादा पोसाकमा आएका प्रहरीले बिनाकारण जिल्ला उपाध्यक्ष ललित घलानलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गर्नु भएको हो ।
प्रहरीले विद्यार्थी नेता कार्यकर्ता माथी दमनको निती लिई तानासाह प्रवृत्ति देखाएको भन्दै संगठनले आपत्ती समेत जनाएको छ । प्रहरीको उक्त कार्य प्रति घोर निन्दा एवं भत्सर्ना गर्दै संगठनले गिरफ्तार गरिएका ललितलाई विना सर्त ससम्मान रिहा नगरिए कडा संघर्षमा जाने चेतावनी दिएको छ । साथै उक्त संघर्षले निम्ताएको क्षतिको जवाफदेही सरकार स्वयम हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।