हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट दैनिक १ करोड ४२ लाख लिटर पानी वितरण

छहारी संवाददाता
साउन २४, २०७७

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिका क्षेत्रमा मात्रै दैनिक एक करोड ४२ लाख लिटर खानेपानी वितरण गर्दै आएको जनाएको छ ।

बोर्डले आज प्रस्तुत गरेको गत आर्थिक वर्षको प्रगति प्रतिवेदनमा हेटौंडाका १३ वटा वडाका एक लाख २५ हजार नागरिकलाई पानी वितरण गरिदै आएको जनाएको छ । बोर्डले नियमित रुपमा दैनिक ६ देखि ७ घण्टा सम्म पानी वितरण गर्दै आएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उपमहानगर क्षेत्रका १८ हजार ५५ वटा धारा मार्फत पानी वितरण गरिदै आएको खानेपानी बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले जानकारी दिनुभयो । ढकालका अनुसनर बोर्डले गत आर्थिक वर्ष २०७६–०७७ मा ८ करोड २६ लाख ६० हजार रुपैयाँको बिलिङ गरेकोमा ९७.९१ प्रतिशत रकम संकलन गर्न सफल भएको छ ।

गत वर्ष बोर्डले खानेपानीका क्षेत्रमा पाइपलाइन सुधार, कुख्रेनीको पुरानो सम्वेल संरक्षण, चुरीयामाइ मन्दिरमा पानीको धारा निर्माण, बुङ्दल मुहानको संरक्षण लगायतका १५ वटा महत्वपुर्ण काम गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । ढकालले गत आर्थिक वर्षको १३ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएका थियो ।

पत्रकार सम्मेलनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले संघीय सरकार, बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा खानेपानी बृद्धीका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा नगरका ४ वटा खानेपानी समूहलाई बोर्ड मातहत ल्याउने योजना रहेको समेत सुनाउनुभयो ।

उपभोक्तासँग लिइने जरिवानाको दरलाई न्यूनीकरण गर्ने तर्फ पनि बोर्डले आवश्यक निर्णय लिने उहाँको भनाई छ । कार्यक्रममा बोर्डका सदस्य इन्द्र नेपाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*