उपप्रधानमन्त्री पोख्रेल र मुख्यमन्त्री पौडेल बीच कोरोना सङ्क्रमण रोकथामका विषयमा छलफल

छहारी संवाददाता
साउन २३, २०७७

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच हाल तीब्र रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बुझिएको छ । दिनानुदिन फैलिएको कोरोनाको प्रकोप नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री पोख्रेलले समितिको बैठक पछि मुख्यमन्त्रीसंग छलफल गर्नुभएको हो ।

काठमाडौ उपत्यकामा कोरोनाले थप सङ्कट ल्याउन सक्ने भन्दै त्यसतर्फ कसरी सचेत गराउने भन्ने बिषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिनुभयो ।

अत्यावश्यक सवारी साधन भन्दा अन्य सवारी आवागमनलाई प्रदेशका नाकाहरुमा कडाई गर्ने, स्थानीय तह तथा जिल्लाहरूमा समस्या देखिए स्थानीय तह स्वयं वा जिल्ला प्रशासन कार्यलयबाट नै ठोस कदम चाल्न सहजीकरण गरीने समेत उहाँहरुबिच छलफल भएको स्वकीय सचीव पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*