नेपाली कांग्रेसको क्रियासिल सदस्यता नविकरण तथा भेला सम्पन्न
बागमती गाउँपालिका वडा नम्बर १,२ र ३ मा नेपाली कांग्रेसको क्रियासिल सदस्यता नविकरण तथा भेला सम्पन्न भएको छ ।
२ सय २७ जना क्रियासिल सदस्य उपस्थित रहेको भेलामा प्रमुख अतिथी भिमसेन महतले क्रियासिल सदस्यको महत्व तथा जिम्मेवारी बारे प्रष्ट पार्नु भएको थियो । महतले राजनीती सेवा हो मेवा होइन भन्दै गरिब जनता अन्यायमा परेका विभेदमा परेका जनताको समस्याको समाधान गर्दै संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो ।
भेलामा शिक्षक संघका जयनेपाल थापा, २ नम्बर सभापती शुकराम राई, क्षेत्रिय सदस्य लक्ष्मी कुमार राई, १ नम्बर वडा अध्यक्ष ठगेन्द्र वाइबा, बागमती गाउँपालिकाका सभापती भक्तबहादुर राई, उपसभापती डम्बर विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा नम्बर १ सभापती संजय राईको सभापतित्वमा भेला सम्पन्न भएको हो ।