हाँडीखोला ७ का २१ घर वनकरियालाई राहत सामग्री वितरण
मनहरी गाउँपालिका स्थित हाँडीखोला ७ मा रहेको २१ घर वनकरियालाई पुख्र्यौली थलो ओखलढुङ्गा भई बेलायतमा जन्मिएर हुर्किदै गरेका १६ वर्षिय शुभाशिस श्रेष्ठ र अन्य दाताहरु समेतको सहयोगमा लोपन्मुख वनकरिया जातीका लागि आज एक कार्यक्रम गरि राहत सामग्री वितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले लोपोन्मुख वनकरिया समुदायको बस्तीमा गाउँपलिकाले होमस्टे सञ्चालन गर्नका लागि ५ लाख बजेट विनियोजन गरेको बताए, गुगलपमटीले लेखेको छ ।
उक्त ठाउँमा होमस्टे सञ्चालन गर्न तयारी रहेको उनले भने । होमस्टे सञ्चालनका लागि वनकरियाकै संयोकत्वमा होमस्टे सञ्चालन व्यवस्थापन समिती गठन गरिएको छ । प्रभावकारीता हेरेर बस्तीमा थप होमस्टे स्थापना गर्ने सोच रहेको अध्यक्ष उप्रेतीले बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी अतिरिक्त महानिरिक्षक बसन्त कुमार लामा , पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताव विष्ट, मनहरी गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष धुर्व खड्का, लगायत अन्य सहयोगी दाताहरुको सहभागिता रहेको थियो ।