कपडा व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाकाे सिर्जना: अध्यक्ष धिकारी
हेटाैडाका कपडा व्यवसायीहरु अाफुहरु व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था रहेकाे गुनासाे गरेका छन् ।
लामाे समयदेखिकाे लकडाउनका कारण बजार खुलेपनि व्यापार नभएकाे र स्टक सामान पनि विग्रनसक्ने डरमा छन उनिहरु ।
कपडा तथा तयारी पोसाक ब्यबसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले हाल ब्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउनुहुन्छ ।
लकडाउनका कारण प्रभावित बनेको ब्यवसाय लकडाउन केही खुकुलो भए पछी पनि ब्यापार नभएको ब्यवसायीहरु बताउँछन् ।
सार्वजनिक यातायात केहिमात्रमा संञ्चालनमा आएकाे भएता पनि उपभाेक्ताहरु वजारसम्म अाउन अझै डराईरहेका कारण व्यवसाय ठप्प रहेकाे उहाँकाे अाकलन छ ।
ग्रामीण बैंकबाट कर्जा लिई ब्यबसाय गर्ने व्यवसायीहरुले बैक किस्ता, ब्याज र घरभाडा तिर्न सक्ने अवस्था समेत नरहेको अध्यक्ष अधिकारीको भनाई छ । उहाँले बैँक तथा वित्तिय संस्थाले ब्यवसायीहरुको समस्या सम्बोधन गरी बैँक किस्ता र ब्याज तिर्ने अवधि थप गर्नुपर्ने बताउनुभयो ।
वजारमा २० अाै वर्षदेखि व्यवसाय गर्दै अाईरहेका एक व्यापारी भन्नुहुन्छ- ” बैंकले व्याज तिर्नका लागि भनेर कल गरिरहेकाे छ अाफ्नाे व्यवसाय ठप्प छ , घरभाडा समेत तिर्ने हालतमा नभएपछि व्यवसाय टाेक्ने कि वाेक्ने भएकाे छ । “