नेकपा (विप्लप) द्वारा गाैतमलाई पा कारबाही
विप्लप नेतृत्वकाे पार्टि नेकपाले वाग्मति गापा सेक्रेटरि प्रह्लाद गाैतमलाई कारबाही गरेकाे घाेषणा गरेकाे छ ।
प्रहरी हिरासतमा परेपछि जिल्ला सचिवालय सदस्य तथा वाग्मती गापा सेक्रेटरि प्रह्लाद गाैतमले आत्ससमर्पण गरेको र पार्टीमाथि गद्दारी गरेको भन्दै पार्टीले कारबाही गरेको विज्ञप्तिमा जनाएकाे छ ।
हिजाे ३० गते सरकारबाट प्रतिबन्धित बिप्लवपार्टी मकवानपुरले गौतलाई पार्टीबाट निष्कासन गरेको भन्दै जिल्ला ईन्चार्ज पासाङ द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
जिल्ला सेक्रेटरी पासाङले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा परेपछि पार्टी, क्रान्ति, नीति र विधिविपरीत आत्मसमर्पण गरेको भन्दै निष्कासन गरिएको जनाएका छन् ।
गौतमलाई गत असार २८ गते राती गिरफ्तार गरिएको थियो भने हिजाे राति ८ वजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा १९ हजार धराैटि तिरेर मा प्रमुख जिल्ला अधिकारी समक्ष पार्टि परित्याग गरेकाे घाेषणा गरेर रिहा भएका थिए ।