विप्लप कार्यकर्ता गाैतमकाे रिहाई

छहारी संवाददाता
असार ३०, २०७७

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सचिवालय सदस्य तथा बागमती गाउँपालिका सेक्रेटरि प्रल्हाद गौतमले अाज रिहा भएका छन् ।

प्रमुख जिल्ला अधिकारी समक्ष साधारण सदस्य समेत नरहने गरि गाैतमले पार्टी परित्याग गर्दै १९ हजार धराैटि तिरेर रिशा भएका हुन् ।

गौतमले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरि सामान्य नागरिक सरह जिबनयापन गर्ने प्रमुख जिल्ला अधिकारी समक्ष औपचारिक घोषणा गरेका छ्न ।

गत २८ गते मकवानपुर प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । गौतमलाई मंगलबार जिल्ला अदालत मकवानपुरले १९ हजार धरौटीमा रिहा गरेको हो ।धरौटीमा रिहा भएका गौतमलाई मंगलबार बेलुका नै राजनितिक दल ,सन्चारकर्मी  र प्रमुख जिल्ला अधिकारिको रोहोवरमा प्रहरीले परिवारको जिम्मा लगाएको हो ।गौतम बिरुद्ध विभिन्न समयमा बिप्लव समुहमा रहि बम बिस्पोट आगजनी गर्ने कार्यमा संलग्न रहेको भन्दै ५ वटा मुद्दा दायर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*