घुस लिईरहेकै अवस्थामा नारायणकाजी श्रेष्ठ पक्राउ

छहारी संवाददाता
असार ३०, २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रकम सहित डिभिजन सिंचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेर कार्यालय सिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*