महिला सशक्तिकरण तगा गरिबी निवारण समूह नेपालद्वारा प्रविधि हस्तान्तरण

छहारी संवाददाता
असार २९, २०७७

महिला सशक्तिकरण तगा गरिबी निवारण समूह नेपालले सेनेटरि प्याड बनाउने मेसिन तथा मोबाईल मर्मत सामाग्री दुईवटा समुहलाई हस्तान्तरण गरीएको छ ।

समुहले बनस्खण्डी देबि लघु उद्यमी समुहलाई दश थान मोबाइल मर्मत सामाग्री हस्तान्तरण गरीएको थियो । त्यस्तै नमुना सेनेटरी प्याड उद्यमी समुहलाई सात थान सेनिटरि प्याड बनाउने मेसिन हसतानतरण गरीएको हो ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम तथा हेटाैंडा उपमहानगरपालिकाको समन्वयमा महिला सशक्तिकरण तगा गरिबी निवारण समूह नेपालले सो सामाग्री हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा लकडाउन अघि तालिम प्राप्त गरिसकेका दुईवटा समुहलाई व्यवसायिक रुपमा अघि वढ्न प्रविधि हस्तान्तरण गरीएको महिला सशक्तिकरण तगा गरिबी निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*