हाेल्डिङ स्टेसनले एक महिनामा ३४ महिला सहित ३१८ जनालाई सेवा प्रदान

छहारी संवाददाता
असार २८, २०७७

 

बैदेशिक राेजगारबाट फर्किएका मकवानपुरका नागरिकहरु

जिल्ला समन्व्य समिति मकवानपुरले संचालन गरेको होल्डिङ स्टेसनबाट बैदेशिक राेजगारबाट फर्किएका ३१८ जनाले सेवा प्राप्त गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई होल्ड गराउने उद्वेश्यले वन विज्ञान अध्ययन संस्थानमा संचालनमा ल्याएको विश्राम स्थलमा साउदि अरबबाट ८६ जना, युयई दुबईवाट ७६ जना, कतारवाट ४२ जना, मलेसियाबाट ४१ जना, कुवेतबाट ३६ जना, अाेमनबाट ६ जना र अन्य मुलुकबाट फर्किएका ३१ जना गरि ३४ जना महिला सहित ३१८ जनाले सेवा प्राप्त गरिसकेकाे जिल्ला समन्वय समितिले जनाएकाे छ ।

बिशेष गरि रातीमा आउने नागरिकलाई बढीमा एक रात राख्ने र खाना, पानी र सुत्न समेत मिल्ने गरि व्यवस्थित रुपमा करीब एक सय जनालाई होल्ड गर्न मिल्ने गरि स्टेसन संचालन गरेको छ । जिल्ला समन्व्य समितिले मकवानपुरका स्थानीय तहहरु एवम् विभिन्न संघ-संस्थाहरुको सहयोग र सहकार्यमा स्टेसन संचालन गरेको छ ।

जेष्ठ २९ गतेबाट संचालनमा आएको स्टेसनमा हालसम्म
विदेशबाट आउने मकवानपुरका नागरिकलाई सहजता मिलेको छ ।

बैदेशिक राेजगारबाट फर्कने नागरिकहरुलाई अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डाै अवस्थित प्रदेश स्तरिय क्वारेन्टाईनबाट नेपाल अार्मिकाे सहयाेगमा सम्वन्धित जिल्लामा पठाउने र जिल्ला समन्वय समितिकाे सहकार्यमा स्थानिय तहकाे क्वारेन्टाईन सम्मकाे व्यवस्था गरिने प्रकिया रहेकाे विश्राम स्थलका संयाेजक अाशाकाजि श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार विना जानकारी पनि नागरिकहरु अाईपुग्ने, समन्वय नगरिदिने, रातकाे समयमा खानाकाे व्यवस्था गर्न अप्ठेराे पर्ने, अाफन्तहरु नै लिन अाउन नचाहने लगायतका समस्याहरु रहेकाे बताउनुभयाे ।

होल्डिङ स्टेसनका लागि प्लान ईन्टरनेशनल नेपालद्धारा २० थान वेड सहित ६७ थानका दरले बाल्टीन, कम्बल, म्याट र मग, रोट्रयाक्टबाट २० थान झुल, श्री कृष्ण प्रणमी समाज मकवानपुरबाट नियमित रुपमा खाना खुवाउने, लियो लायन्स कल्बद्धारा ह्यान्डलेस धारा, सहयोगी मन नेपालबाट खानेपानी, मास्क र आवश्यक्ता अनुसार गाडी सुविधा, उद्योग वाणिज्य संघको समन्वयमा फास्टफुड, वल्ड लिकंसले ईन्टरनेट सेवा, उद्योगसंघ नेपालबाट सेनीटाइजर, हेटौंडा उपमहानगरपालिकाबाट डिसईन्फेक्सन गर्ने स्प्रे मेसिन, जिल्ला प्रशासन कार्यालयबाट डिस ईन्फेक्सन केमिकल, नेपाली सेनाबाट सुरक्षा र शसस्त्र प्रहरीबाट बाहीरी घेराबारा तथा सरसफाईमा सहयोग प्रदान गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*