चितवनमा थप पाँच जनामा कोरोना संक्रमणकाे पुष्टि

छहारी संवाददाता
असार २८, २०७७

चितवनमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या १ सय नाघेकाे छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभएअनुसार प्रयाेगशालमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १ महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिकाका २७ वर्षीया महिला र ३५ देखि ४५ वर्ष उमेर समूहका चार जना पुरुषहरुमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*