पुरानो मेडिकल कलेज भरतपुरबाट विभाग प्रमुख प्रा. डा. वर्मा सहित चार चिकित्सक पक्राउ

छहारी संवाददाता
असार २७, २०७७


 

चितवनको कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज भरतपुरबाट मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा सहित चार चिकित्सक पक्राउ परेका छन् ।

अवैध रुपमा मृगौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले अस्पतालको मृगौला रोग विभागका प्रमुख वर्मा सहित प्रा. डा. बालकृष्ण कालाखेती,  डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले नि पक्राउ परेका छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*