एकताका लागि भन्दै पार्टि कार्यालय घेराउ
पार्टि एकताका लागि दवाव अभियान मकवानपुरका युवाहरुले अाज पार्टिकाे नीति र विधि प्रधान पार्टी निर्माण तथा एकताका लागि भन्दै पार्टि कार्यालय घेराउ गरेका छन ।
नेकपा पार्टि जिल्ला सचिवालय सदस्य तथा युवा संघकाे केन्द्रिय सचिवालय सदस्य प्रकाश पाण्डेले प्रदेश सभासद तथा नेकपा मकवानपुर सचिव प्रेम बहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापन पत्र बुझाएका थिए ।
उनीहरुले पार्टी विधिसम्बत ढंगबाट संचालन हुनुपर्ने माग राख्दै अनेरास्ववियु केन्द्रीय सदस्य किशाेर टन्डन जिल्ला सदस्य अारति पाठक, जिल्ला सचिवालय सदस्य जग्गनाथ पाण्डे लगायकाले दबाबमुलक कार्यक्रम गरेका हुन् ।
उनीहरुले ‘फुटवादीहरु होसियार’, ‘व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौ’, ‘पाटी बैठकमा मन माझामाझ गर ,बाहिरको तमासा बन्द गर’, अापसि कटाक्ष र टिकाटिप्पणि बन्द गराै, पार्टि एकता सुदृढिकरण गराै, म पार्टि निर्णयलाई सर्बाेपरि ठान्छु नेता तिमी के ठान्छाै ? जनविश्वास माथि कुठाराघात नगर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।