डेंगु रोग संक्रमण नियन्त्रणमा पुर्वतयारी गर्दै वागमति प्रदेश स्वास्थ्य निर्देशनालय
कोरोना भाइरसको महामारीसँगै नेपालमा डेंगु रोगको पनि संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै वागमति प्रदेश स्वास्थ्य निर्देशनालयले अावश्यक पुर्वतयारी गरेकाे छ ।
अाज शनिबार बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक अर्जुनप्रसाद सापकोटाले बर्यायाम सुरु भएसंगै डेंगुको पनि संक्रमण बढ्न सक्ने भन्दै नियन्त्रणको तयारी प्रदेशले गरेको बताउनुभयाे ।
उहाँले डेंगुकाे संक्रमण नेपालमा भित्रिएपछि हरेक बर्ष बृद्दिदर वढ्दै गएकाे र समयमै नियन्त्रण गर्न अावश्यक भएकाले परीक्षण किट आवश्यकताअनुसार खरिद भएको र सबै जिल्लाहरुमा पठाइएको बताउनुभयाे ।
त्यस्तै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले कोरोना महामारीसँगै डेंगुको पनि संक्रमण देखिन सक्ने भएकोले अस्पतालहरुलाई सोही अनुसार तयारी अवस्थामा राखिएको जानकारी दिनुभयाे ।
हालकमे अवस्थामा मलेरिया र डेंगुको संक्रमण अत्यन्त न्यून देखिएको भएतापनि उचित ध्यान दिईएन भने यसको संक्रमण बढ्न सक्ने बताउनुभयाे । अघिल्लो वर्ष यो समयमा ३ हजार जना भन्दा बढी संक्रमण देखिएको यो प्रदेशमा यो वर्षको सोही अवधीसम्म आइपुग्दा करिब २५ जनामा मात्रै डेंगु देखिएको वरिष्ठ स्वास्थ्य प्रशासक सापकोटाले बताउनुभयाे ।
गत वर्ष प्रदेशभरी ११ हजार २ सय १४ जनामा डेंगुकाे संक्रमण देखिएको थियो । ज्वराे अाउँदैमा काेराेना हुन सक्छ भन्ने हाेईन त्याे अाैलाे तथा डेङ्गु संक्रमणका कारण पनि हुन सक्ने हुँदा लक्षण देखिएका विरामीहरुलाई अस्पताल पुगेर परीक्षण गराउन सापकाेटाले आग्रह गर्नुभयाे ।
कोरोना भाइरस नियन्त्रणका लागि पनि प्रदेश सरकारले काम गरिरहेको भन्दै निर्देशक अधिकारीले बागमती प्रदेशमा थप एक ल्याब स्थापना गर्ने तयारी भइरहेको बताउनुभयाे । शुक्रवार सांझ सम्ममा बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५०२ जना पुगेको उनले बताउनुभयाे ।