टि.आइ नेपालद्वारा आगामी बर्षकाे ५६ वटा कार्यक्रम सार्वजानिक

छहारी संवाददाता
असार २०, २०७७

ट्रान्सपरेसी इन्टरनेशनल नेपालले अागामी बर्षकाे ५६ वटा कार्यक्रम सार्वजानिक गरिएको छ ।

भुकम्प पछिकाे पुनर्निर्माणमा सदाचार अन्तर्गतकाे उक्त कार्यक्रम बारे शुक्रबार हेटौंडामा पत्रकारसंगको भेटघाटमा वर्षभरि गरिएका काम तथा अागामी पाैष मसान्तसम्म हुने कार्यक्रमबारे जानकारी दिइएको थियो ।

गत वर्ष ७७ वटा कार्यक्रम मध्ये ६९ वटा कार्यक्रमहरु सफलताका साथ पूरा गरेकाे बताउनुहुँदै ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालकि जिल्ला संयाेजक प्रमिला थिङले भुकम्पपछि भएका पुनर्निर्माणका विभिन्न कार्यक्रम गर्दै आएको यस परियोजनाले मकवानपुरका मनहरी, हेटौंडा उपमहानगर, बकैया र बागमती गाउँपालिकामा पुनर्निर्माण सम्बन्धित सार्वजानिक कार्यक्रम गरिएको बताउनुभयाे ।

पुनर्निर्माण सम्बन्धित गुनासो संकलन गर्न हेल्प डेक्स सञ्चालन गरिएको, सामाजिक जवाफदेहिताको विषयमा अन्तक्रिया कार्यक्रम, पुनर्निर्माणको नीतिगत छलफल, पुनर्निर्माण भइरहेको र भैसकेको विद्यालयबीच संयुक्त छलफल, १२ कक्षा अध्ययनरत विद्यार्थी संग पुनर्निर्माण र भष्ट्रचार न्युनिकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम गरेको थिङले बताउनुभयाे ।

गढीगाउँपालिकामा निजी आवास, मनहरी र गढी गाउपालिकामा विद्यालय, सरकारी, खानेपानी र सांस्कृतिक सम्पदामा पाँच पटक अनुगनम गरिएको थिङले बताउनुभयाे ।पुनर्निर्माण सम्बन्धि फेलोशिप, सफलताको कथा जस्ता क्रियाकलाप समेत पनि गरिएको जानकारी दिईएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*