सुधारगृहमा रहेका युवालाई सिप सिकाई सुधारगृह मै बसेर काम गर्ने स्थिती सिर्जना गरिने

छहारी संवाददाता
असार १७, २०७७

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको गभर्नर शम्भु नकर्र्मीले सुधारगृहमा रहेका युवाहरुलाई सिप सिकाई सुधारगृह मै बसेर काम गर्ने स्थिती सिर्जना गर्र्ने घोषणा गर्नु भयो ।

आज बागमती प्रदेशको हेटौँडा ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रलाई कोरोना भाईरसबाट संक्रमण हुन नदिनको लागि खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन हस्तान्तरण गर्दै उहाँले लागुऔषध प्रयोगकर्ताहरुलाई तालिम दिएर युवाहरुलाई सुधारगृहमै बसेर विभिन्न सेवामुलक काम गरेर आयआर्जन गर्ने अवसर उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

मकवानपुर जिल्लाको लागुऔषधको अवस्थाबारे बुझ्दा डरलाग्दो अवस्था रहेको पाएको भन्दै यस तर्फ लागुपदार्थ दुव्र्यसन विरुद्ध कार्यक्रम नै बनाएको बताउनु भयो ।

उहाँले भन्नु भयो,“युवाहरुलाई अवसर प्रदान गरी जीवनस्तर उकास्ने लक्ष्य हामीले लिएका छौं, पहिलो चरणमा सिप सिकाउन तर्फ लाग्नेछौँ र त्यस पछि उनीहरुलाई रोजगार दिनेछौँ ।” युवाहरुमा सिप भएमा काममा व्यस्त हुने र लागुऔषध प्रयोगकर्ता समेत कम हुने बताउनु भयो ।

सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले समग्र सुधारगृह तथा बागमती प्रदेशमा भएका सुधारगृहहरुको अवस्था बारे जानकारी दिनु भएको थियो । उहाँले यस्ता खाले घोषणाले उर्जा मिलेको र लागुऔषध प्रयोगकर्ताको लागि अवसरको ढोका खुलेको बताउनु भयो । अन्य क्षेत्रहरुमा विभिन्न संघसंस्थाको नजर पर्ने सुधारगृहमा नपर्ने भन्दै लायन्सले गरेको सहयोग अतुलनिय रहेको उहाँको भनाई रहेको थियो ।

सो कार्यक्रममा मकवानपुर जिल्लाका लायन्स तथा लियो क्लवका पदाधिकारीको सहभागिता रहेको थियो । भर्गनर नकर्मीको आजदेखि वर्ष २०२०÷२१ को कार्यकाल शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*