सलह किरा नियन्त्रण गर्न बागमती प्रदेश सरकारद्वारा तीन तहको समिति गठन

छहारी संवाददाता
असार १५, २०७७

बागमती प्रदेश सरकारले सलह किरा नियन्त्रण गर्न तिन तहको समिति गठन गरेको छ ।
आईतबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको संयोजकत्वमा बसेको बैठकले तिन तहको समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश स्तरमा कृषि तथा सहकारी मन्त्रीको अध्यक्षतामा ११ सदस्यीय समिति  निमार्ण गरेको छ । उक्त समितिले बजेट व्यवस्थापन र सहजिकरण गर्ने मन्त्रालयले जनाएको छ । बैैैठकमा स्थानिय तह र जिल्लास्तरमा प्राविधिक टोली निर्माण गर्ने निर्णय गरेको छ । प्रविधिक टोलीले सलह नियन्त्रणको लागि अध्ययन गर्ने मन्त्रालयका सूचना अधिकारी अनुपले अधिकारीले जानकारी दिनुभयो । त्यस्तै सलह किरा संङकलन गर्ने व्यक्ति, समुह वा संस्थालाई प्रतिकिलो रु तिस रुुपैयाँ दिने सम्बन्धमा कार्यबिधि तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसंग सहमति लिने निर्णय पनि गरीएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*