मानव अधिकार अनुगमत समितिद्वारा हेटौँडाका आइसोलेशन वार्ड तथा होल्डिङ सेन्टरको अनुगम 

छहारी संवाददाता
असार १४, २०७७

इन्सेक बागमती प्रदेश संयोजक तथा केन्द्र स्तरको मानव अधिकार अनुगमन समितिका सदस्य कृष्ण गौतम, सोही समितिका सदस्य गैसस महासंघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल लगायतको टोलीले असार १३ गते हेटौँडामा कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा आएका आइसोलेशन वार्ड, क्वारेन्टाइन तथा होल्डिङ सेन्टरको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा नेपाल बार उच्च अदालतका अधिवक्ता युवराज ओली, मानव अधिकार सङ्गठनकी केन्द्रीय सदस्य अप्सरा बस्नेत, गैसस महासंघका कमल विश्वकर्मा, इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारी तथा गैसस महासंघ सचिवालयकी मेनुका खड्का रहनु भएको थियो ।

अनुगमन टोलीले हेटौँडाको श्रमिक माविको भवनमा सञ्चालित आइसोलेशन वार्ड, वन विज्ञान अध्ययन संस्थानमा रहेको होल्डिङ सेन्टर र राप्ती रोडको गोरक्षेश्वर क्षेत्र विकास समितिको भवनमा रहेको क्यारेन्टाइनको समेत अनुगमन गरेको छ ।

हेटौँडाको श्रमिक माविको क्वारेण्टाइनमा एक जना महिला सहित पाँच जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र उहाँहरूमा कोरोना भाइरसको कुनै लक्षण नभएकोले जोखिम नदेखिएको क्वारेन्टाइनका इन्चार्ज जनस्वास्थ्य अधिकृत भोला चौलागाईँले बताउनु भयो ।

उहाँले सो आइसोलेशनमा एक महिला सहित १३ जना क्वारेन्टाइनमा रहेको समेत जानकारी दिनु भयो । यस आइसोलेशनमा डाक्टर सहित नौ जना स्वास्थ्यकर्मी रहेकामा तीन जना आवासिय रूपमा कार्यरत रहेका छन् ।

पुरुष शौचालय अस्थायी प्रकृतिको रहे पनि श्वाब सङ्कलन कक्ष, उपचार, खाना, बस्न, झुल सहितको सुत्ने व्यनबवस्था र सञ्चारको लागि वाईफाई लगायत सबै भौतिक सुविधा सन्तोषजनक रहेको अनुगमन टोलीलाई आइसोलेशनमा रहेकाहरूले बताएका छन् ।

यसैगरी गोरक्षश्वर समितिको क्वारेन्टाइनमा तीन जना महिला सहित ११ जना रहेको पाइयो । क्वारेन्टाइनमा डाक्टर सहितको टोली चौविसै घण्टा खटिएको र यहाँ पनि खाना, बस्न, शौचालय, झुल, औषधी सबै भौतिक सामग्रीको उपलब्धता रहेको छ ।

तर, पिसीआर परीक्षण नेगेटिभ भइ आफ्नो गाउँठाउँमा गएका व्यक्तिलाई स्थानीयले नस्वीकार्ने भएकाले क्वारेनटाइनमै फर्कन बाध्य हुने समस्या रहेको डा. लक्ष्मीनारायण भगतले बताउनु भयो ।

क्वारेन्टाइनबाट घर फर्कन चाहनेलाई स्थानीय अटो तथा मयुरी समेतले सेवा दिन नमान्ने गरेको उहाँले अनुगमन टोलीलाई जानकारी दिनु भयो ।

जिल्ला समन्वय समितिले सञ्चालन गरेको वन विज्ञान अध्ययन संस्थान हेटौँमा रहेको होल्डिङ सेन्टरलाई ५० जना रात बस्न सक्ने गरी स्तरोन्नति गरिएको त्यहाँ कार्यरत होल्डिङ सेन्टरका इन्चार्ज उपेन्द्र पोखरेलले बताउनु भयो ।

होल्डिङ् सेन्टरमा प्रवेश गर्नलाई साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, खाजको लागि चाउचाउ, विस्कुट पानीको व्यवस्था, आराम कक्ष, राती बस्नु परे झुल सहित भौतिक दुरी कायम गरी आठ जना महिला र १२ जना पुरुषको लागि बेडको व्यवस्था समेत रहेको छ ।

होल्डिङ सेन्टर जेठ २८ गतेदेखि सञ्चालनमा आएको र ओमन, मलेसिया, कतार, कुवेत, दुवही, साउदी लगायत आठ देशबाट आएका ९० जना भन्दा बढीले सेवा लिइसक्नु भएको पोखरेलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*