मकवानपुरको मनहरी र बकैयाका दुइ पुरुषमा आज कोरोना पुष्टि
मकवानपुरको दुई गाउँपालिकामा आज दुइजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरको बकैया र मनहरी गाउँपालिकाका पुरुषमा कोरोना भाइरस संक्रमण देखापरेको हो ।
मनहरी र बकैयामा कोरोना देखिएका दुवैजना भारतबाट नेपाल आएका थिए । एक जना बकैयाँको कोरेन्टाइनमा र अर्का एक जना मनहरीको क्वारेन्टाइनमा वस्दै आएका थिए । हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा दुइजनामा कोरोना भाइरस देखापरेको कर्राको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।