मनहरी गाउँपालिकाको बजेट ७६ करोड १६ लाख

आगामी आर्थिक बर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य
छहारी संवाददाता
असार १०, २०७७

मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् । विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमशस् १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ ।

त्यस्तै संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ क्रमशस् १८ करोड ४४ लाख र २ करोड ५४ लाख ५५ हजार हुने अनुमान, राजस्व स्रोत बाँडफाँड तर्फ १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने अनुमान, बन रोयल्टीबाट ५० लाख र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजस्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, चालु खर्चतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैया कुल विनियोजित रकमको ४१।४३ प्रतिशत, पुँजीगत कार्यक्रम तर्फ ४४ करोड ६० लाख ८० हजार रुपैया कुल बिनियोजन रकमको ५८.५७ प्रतिशत बिनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ । गाउसभामा आर्थिक ऐन २०७७, प्रगति प्रतिबेदन, बिनियोजन बिधेयक समेत पेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*