इंग्लिस प्रिमियर लिग क्लबका एकजना खेलाडीमा कोरोना भाइरसको संक्रमण

छहारी संवाददाता
जेष्ठ २९, २०७७

इंग्लिस प्रिमियर लिग क्लबका एकजना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लोपटक १२ सय १३ जनाको परीक्षण भएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सातौँपटकको परीक्षण जुन ८ र ९ मा भएको थियो ।  हरेक हप्ता दुईपटक परीक्षण हुँदै आएको छ । अहिलेसम्म सात चरण गरेर सात हजार ४८७ नमूना परीक्षण भएको छ ।

त्यसमध्ये १४ वटा नमूनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन् । 

ती खेलहरु जुन १७ अर्थात आउँदो आइतबारदेखि सुरु हुँदै छन् । सो दिन एस्टन भिल्लाले शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*