हेटौंडाको चौकिटोलमा एक महिलामा कोरोना संक्रमण पुष्टि

छहारी संवाददाता
जेष्ठ १४, २०७७

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी २५ बर्षकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । 

हेटौंडामा कोरोना जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

यही जेठ नौ गते कोरोना संक्रमणको लक्षण देखापरेपछी कोरोना जाँच गर्नका लागि ल्यावमा परिक्षणका लागि दिइएको थियो । तर, उहाँ त्यसबेला देखि आइसोलेसनमा भन्दा पनि घरमै रहेको चौलागाईले बताउनुभयो ।

हेटौंडामानै घर र यही बसोवास गर्ने महिलामा कोरोना संक्रमण पुष्टी भएको बताउनुभयो । कोरोना संक्रमण रहेको महिला गर्भवती रहेको श्रोतले जनाएको छ । 

हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*