हेटौंडा अस्पतालका १२ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ
हेटौंडा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–४ हुप्राचौरकी कोरोना संक्रमित महिलाको उपचार गर्ने स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ प्राप्त भएको हो ।
हुप्राचौरकी ५४ वर्षिय महिलाको ६ दिन अघि हेटौंडा अस्पतालमा उपचार गर्ने प्रमुख डाक्टर प्रविण श्रेष्ठ, डाक्टर कमल दवाडी लगायतकाको पीसीआर रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशाशक डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
अस्पतालका डाक्टर कर्मचारी, नर्स, ल्याव टेक्निसीयन सहितको पीसीआर जाँच भइरहेको छ । त्यस मध्ये आज जाँच गरिएका १२ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
हेटौंडाको प्रयोगशालामा पीसीआर किट सकिएकाले अरु बाँकीको भोली मात्र परिक्षण गरिने बताइएको छ । किट अभावका आज थोरैको मात्र परिक्षण गरिएको थियो ।