नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा वडा प्रहरी कार्यालय हेटौंडालाई सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण

छहारी संवाददाता
जेष्ठ १०, २०७७

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडालाई  सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

हेटौंडा उपशाखाले सक्षम औसधि पसल र सम्पूर्ण औसधि पसल, हेटौंडा १ को सहयोगमा १००० थान सर्जिकल माक्स तथा २।५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो ।

स्वास्थ सामाग्री हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल,  नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सुर्यचन्द्र न्यौपाने  तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देल र सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पान्डेयले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरि भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा  जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने हेतुले नेपाल प्रहरीलाइ सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिए ।

स्वास्थ सामाग्री उपलब्ध गराउने सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पान्डेयले कोरोनाको महामारिमा रास्ट्र सेवक प्रहरिलाइ  स्वास्थ सामाग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अनुसार अझै स्वास्थ सामाग्रीहरु सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*