हेटौँडा अस्पतालका ५ डाक्टर सहित २२ जनालाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय

छहारी संवाददाता
जेष्ठ १०, २०७७

हेटौँडा अस्पतालका ५ डाक्टर सहित २२ जना अन्य कर्मचारीहरुलाई एकहप्तासम्म आइसोलेसनमा राख्ने निर्णय भएको छ ।  

अस्पतालमा आज बसेको आकस्मिक बैठकले संक्रमित महिलासँग प्रत्यक्ष सम्पर्क रहेका ५ डाक्टर तथा १७ जना पारामेडिक्सलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय गरेको हेटौँडा अस्पताल कोरोना यूनिटका प्रमुख डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

साथै समिति समक्षा ओपीडि बन्द गर्ने प्रस्ताव पनि गरेको उहााले बताउनुभयो । डाक्टर खड्काको अनुसार अहिले अस्पतालमा रहेका १ सय ५० जना कर्मचारी मध्ये ६६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रयोगशाला पठाईसकिएको र बाँकीको पनि आजै संकलन गरिने छ ।

संक्रमित महिलासंग सम्पर्कमा आएका नर्स, डाक्टर तथा अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ । उनी ६ दिनअगाडी हेटौंडा अस्पतालमा मुटुको समस्या कारण उपचारको लागि भर्ना भएकी थिईन्।

स्वास प्रस्वासमा समेत समस्या आएका कारण उनलाई काठमाडौंमा रेफर गरिएको थियो । अहिले हेटौडा अस्पतालका डाक्टर तथा नर्स क्वारेनटाइनमा बस्ने तयारी गरीरहेका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*