हेटौंडा अस्पतालका डाक्टर सहित ६६ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन 

आइसोलेसनमा राख्ने तयारी 
छहारी संवाददाता
जेष्ठ १०, २०७७

बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौंडा अस्पतालका डाक्टर, नर्स, ल्याव टेक्निसिएन तथा कर्मचारी सहित ६६ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

६ दिन अघि हेटौडा अस्पतालमा सामान्य उपचार पछि काठमाडौ रेफर गरिएको हेटौडा ४ की एक महिलामा कोरोना पोजेटिभ देखिएपछि आज उनिहरुको स्वाब संकलन गरिएको हो ।

दैनिक २ सय भन्दा वढी बिरामीको उपचार गर्दै आएको अस्पतालमा कोरोना  फैलिएको हुन सक्ने आशंकामा परिक्षणका लागि स्वाव संकलन गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । सबैको रिपोर्ट आजै अउन सक्ने बताइएको छ ।

अस्पतालमा ६ दिन अगाडी रिफर भएकी बिरामीमा संक्रमण पुष्टि भएपछि अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न हेटौँडा अस्पतालमा आकस्मीक बैठक समेत बसेको छ ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा जारी बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने निर्णय गर्ने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले बताउनुभयो ।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्सरे गर्ने प्राविधिक, नर्स सहितका २० जना कर्मचारीलाई आइसोलेसनमा राख्ने बताईएको छ ।

अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाईसकेको र बाँकीको आजै स्वाब परिक्षणको लागि पठाउने डाक्टर खड्काले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*