हेटौंडाको प्रयोगशालामा कोरोना जाँच गर्नेको चाप, चार दिनसम्म पालो पर्खनुपर्ने बाध्यता
हेटौंडा उपमहानगरपालिका १० मा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा कोरोना जाँच गराउनेको चाप बढेको छ । जसका कारण समयमै कोरोना जाँच नहुँदा रिपोर्ट दिएको चार दिन सम्म पर्खुनुपर्ने बाध्यता छ ।
कोरोना भाइरसको छिटो जाँच गराउन पनि पहुँच र पावर चल्न थालेको गुनासो सुनिन थालेको छ । मन्त्री र सक्तिशाली सांसदका जिल्लाबाट आएको स्वाबको छिटो परिक्षण हुने र हेटौंडाको आइसोलेसनमा रहेकाहरुको ढिलो परिक्षण हुने गर्दा कोरोना चाँज गराउनका लागि रिपोट लिनका लागि चार दिन सम्म पर्खनुपर्ने बाध्यता भएको बिरामीहरु बताउँछन् ।
हिजो बिहानै मकवानपुरको थाहा नगरपालिकाबाट कोरोना संक्रमित युवकका तीन जना परिवार हतार गरेर बिहानको ३ बजेनै हेटौंडा आइपुगे तर आज बिहान नौ बजेसम्म पनि उनीहरुको परिक्षण रिपोर्ट प्राप्त नभएको हेटौंडाको आइसोलेनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
लकडाउनकै समयमा घरमा बसेर काठमाण्डौ गएका थाहा नगरपालिकाका युवकका परिवारको समेत प्रयोगशालामा परिक्षण गर्न ढिलाइ गरिएको छ, जनपत्रले लेखेको छ । सिन्धुपाल्चोक जिल्लाका कोरोना शंका लागेकाहरुको परिक्षण गर्न काठमाण्डौ नजिक हुन्छ तर, हेटौंडाको ल्याबमा ल्याएर परिक्षण गर्दा ढिलाइ भएको प्रयोगशालाका प्राविधिकहरु स्वीकार गर्छन ।
प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता भएपनि अव निरन्तर हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडार्इले जानकारी दिनुभयो ।
कोरोना जाँच गराउनेहरु पछील्लो समयमा धेरै बढेकोले पनि समस्या हुँदै आएको र अब भने त्यस्तो समस्या नहुने उहाँले बताउनुभयो । हेटौंडाको प्रयोगशालामा हाल सम्म ९ सय ६५ जनाको स्वाब परिक्षण सकिएको छ ।
यसैबीच, हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप बढेको छ । पछील्लो चार दिनमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके बढेको आइसोलेनका इन्चार्ज चौलागाईले जानकारी दिनुभयो ।
आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हालसम्म आइसोलनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएको छैन ।
हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको शंका लागेका बिरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा डाक्टर सेडाइले बताउनुभयो ।
गत चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।