ला लिगाद्वारा क्लबलाई टिम अभ्यास गर्न पाउने छुट
स्पेनी ला लिगाले क्लबलाई टिम अभ्यास गर्न पाउने छुट दिएको छ । अर्को महिनादेखि लिग सुरु गर्ने तरखरमा रहेको स्पेनमा अब एकपल्टमा १० खेलाडीले समूहगत अभ्यास गर्न पाउने छन् ।
कोरोना भाइरस महामारीबीच स्पेन फेरि सामान्य स्थानमा फर्कने तयारीमा छ । यसका लागि सरकारले निश्चित नियम भने बनाएको छ ।
कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित सहरका क्लब रियल र एटलेटिको म्याड्रिड तथा बार्सिलोनाले १० खेलाडी सम्मिलित प्रशिक्षण कार्यक्रम सुरु गर्न सक्नेछन् । ला लिगाले जुन १२ बाट फेरि फुटबल सुरु गर्ने योजना बनाएको छ ।