बीसीसीआईले आफ्ना खेलाडीलाई अभ्यासका लागि मैदान फर्काउन हतार नगर्ने  

छहारी संवाददाता
जेष्ठ ६, २०७७

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आफ्ना खेलाडीलाई अभ्यासका लागि मैदानमा फर्काउन हतार नगर्ने जनाएको छ ।

अघिल्लो दिन मात्र भारतीय सरकारले खेलकुदका भौतिक पूर्वाधार सुचारु गर्न अनुमति दिएको थियो । यसका बावजुत भारत कोरोना भाइरस संक्रमणको महामारी रोक्न मे महिनाको ३१ सम्म बन्दाबन्दीकै स्थितिमा रहेको छ ।

बन्दाबन्दीकै स्थितिमा सरकारले खेलाडीलाई अभ्यास गर्न अनुमति दिएको हो । तर दर्शक आकर्षिक हुने कुनै पनि प्रकारका कार्यक्रम गर्न भने अझै रोक छ । बीसीसीआईले यातायातमा अझै रोक रहेको स्थितिमा कुनै प्रकारको प्रशिक्षणको कार्यक्रम सुरु गर्न अगाडि हतार नगर्ने बताएको हो ।

भारतले जुनमा श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ, जुन भाइरस संक्रमणको महामारीकै कारण रद्द हुने अवस्थामा छ । यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) बारेको अन्यौलता पनि कायम छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*