देशकै उत्कृष्ट शिक्षक तालिम मकवानपुरमा

छहारी संवाददाता
जेष्ठ ४, २०७७

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे ३० अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ। 

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले प्रशिक्षण दिनुभएकाे हाे । प्रशिक्षणका क्रममा शर्माले शिक्षक नेतृत्व विकासमाथि प्रकाश पार्नुहुँदै नेतामा भन्दा ज्यादा शिक्षकमा नेतृत्व क्षमता हुनुपर्नेमा जाेड दिनुभयाे । प्रशिक्षणका क्रममा अाफ्नाे धारणा  राख्दै विभिन्न जिल्लाका नेतृत्वहरुले लकडाउनका क्रममा दैशकै सबैभन्दा लामाे समय र उत्कृष्ठ तालिम चलाउनेमा मकवानपुर उत्कृष्ठ रहेकाे धारणा ब्यक्त गर्नुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।  १ महिना लामाे समय तालिम सञ्चालन गरेकाे शिक्षक संगठन मकवानपुरले जेष्ठ ५ गते शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय गिरिराजमणी पाेखरेलकाे प्रमुख अातिथ्यता तथा राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माकाे विशेष अातिथ्यतामा समापन हुने छ । संगठनले यसपछि पनि लकडाउनलाई मध्यनजर गर्दै संगठन महिला विभाग तथा सहकारी विभाग र स्थानीय तहमा तालिम कार्यक्रम अायाेजना गर्ने प्रचार विभाग प्रमुख गाैतमले बताउनुभयाे । यसै अन्तर्गत संगठन हेटाैंडा नगरकमिटिले जेष्ठ १० गते नगरपरिषद् अनलाईनबाटै गर्ने घाेषणा गरेकाे छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन उपाध्यक्ष सुभद्रा अधिकारी, सचिवालय सदस्य माेहन शर्मा,सदस्य सीता सुवेदी पन्थी, पार्वती खनाल, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पूर्व केन्द्रीय सदस्य यदु सुवाल,ललितपुर अध्यक्ष नर रावल, राैतहट अध्यक्ष धर्मेन्द्र प्रसाद सिह,पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, पर्वत उपाध्यक्ष अाङमाया शेर्पा ,  चितवनबाट शकुन्तला अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल,  सल्लाहकार,पिताम्वर वास्ताेला, डाेल्पा सल्लाहकार यम प्रसाद शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे । 

त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गाैतम  सहकाेषाध्यक्ष  चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, लक्ष्मी रिमाल, भावना सापकाेटा, लक्ष्मी अधिकारी, गुरु प्रसाद अाेझा, नारायण प्रसाद कँडेल, केशव सञ्जेल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल  धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे । 
भाेलि हुने समापन सत्रमा पनि देशका बिभिन्न जिल्लाबाट उल्लेख्य सहभागिता हुने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयाे  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*